मन्त्रिपरिषद् बैठक: कार्यविभाजन नियमावली २०८३ स्वीकृत, यस्ता छन् बुधबारका मुख्य निर्णयहरू

काठमाडाैं । सरकारले आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ। सूचना, सञ्चार एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले बैठकले गरेका महत्त्वपूर्ण निर्णयहरूबारे जानकारी गराएका हुन्।

मन्त्रिपरिषद्ले नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ लाई स्वीकृत गर्ने निर्णय गरेको छ। यसका साथै, विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ मा गरिएको संशोधनलाई पनि बैठकले स्वीकृति प्रदान गरेको छ।

बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्य पदमा दुई जना प्रतिनिधिसभा सदस्यहरूलाई मनोनयन गर्ने निर्णय गरेको छ। जसमा बाग्लुङका सुशील खड्का र मुस्ताङका योगेश गौचन थकाली रहेका छन्।

भूमि प्रशासनलाई थप व्यवस्थित बनाउन सरकारले भूमिसम्बन्धी २१ औं संशोधन नियमहरू, २०८३ लाई पनि स्वीकृत गरेको मन्त्री तिमिल्सिनाले जानकारी दिए। यस निर्णयले भूमि सुधार र व्यवस्थापनका क्षेत्रमा नयाँ कार्यविधि कार्यान्वयनमा ल्याउने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा