अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्वसन्ध्यामा राष्ट्रपतिको आह्वान: सगरमाथाको संरक्षण र दिगो पर्यटनमा जोड

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथाको प्राकृतिक स्वरूपलाई जीवन्त राख्न र हिमाली वातावरणको संरक्षण गर्न सरोकारवालाहरूसमक्ष विशेष आग्रह गरेका छन्। मे २९ अर्थात् अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्वसन्ध्यामा विश्वभरका कीर्तिमानी पर्वतारोहीहरूको उपस्थितिमा आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो आह्वान गरेका हुन्।

राष्ट्रपति पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्र नभएर राष्ट्रको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको उल्लेख गरे। उनले यसको संरक्षण र सन्तुलित उपयोगबाट मात्र पर्यटन क्षेत्रमार्फत मुलुकको अर्थतन्त्रमा दिगो र दीर्घकालीन टेवा पुग्ने धारणा व्यक्त गरे। विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण हाल हिमाली क्षेत्रमा उत्पन्न भइरहेका गम्भीर चुनौतीहरूप्रति चिन्ता व्यक्त गर्दै उनले दिगो हिमाली पर्यटन र जिम्मेवार पर्वतारोहण आजको प्रमुख आवश्यकता भइसकेको स्पष्ट पारे।

पर्वतीय पर्यटनको ऐतिहासिक महत्वबारे चर्चा गर्दै राष्ट्रपति पौडेलले सन् १९५३ मा साहसी पर्वतारोही तेञ्जिङ नोर्गे शेर् शेर्पा र एडमण्ड हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेसँगै नेपाल विश्वमञ्चमा चिनिएको स्मरण गरे। उनले पर्वतारोहणको माध्यमबाट नेपालको नाम विश्वभर फैलाउन अतुलनीय योगदान दिने कीर्तिमानी आरोहीहरू तथा हिमाली क्षेत्रका वास्तविक संवाहक शेर्पा समुदायप्रति उच्च सम्मान प्रकट गरे। यस किसिमका सम्मेलनहरूले पर्वतारोहणका क्रममा प्राप्त ज्ञान र अनुभवलाई सगरमाथाको वातावरणीय जीवन्तता जोगाउन र अन्तर्राष्ट्रिय सहकार्य वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास राष्ट्रपतिले व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा