मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक: संविधान संशोधन कार्यदलको म्याद थप, रावल आयोगको प्रतिवेदन कार्यान्वयन गरिने

काठमाडौँ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न तीन वटा महत्त्वपूर्ण निर्णयहरू गरेको छ। शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन्।

बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८२’ को म्याद आगामी २०८३ असार मसान्तसम्मका लागि एक महिना थप गर्ने निर्णय गरेको छ। यसका साथै, सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आवश्यक निर्देशन दिने निर्णयसमेत सरकारले गरेको छ।

मन्त्रिपरिषद्को तेस्रो निर्णयअनुसार सिन्धुपाल्चोक निवासी श्री रमेश कुमार धिताललाई लेखामान बोर्डको अध्यक्ष पदमा मनोनयन गरिएको छ। संसद्मा बजेट र सीमा विवादलाई लिएर राजनीतिक सरगर्मी बढिरहेका बेला बसेको यो मन्त्रिपरिषद् बैठकका निर्णयहरूलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा