बजेटमाथि रास्वपा सांसदकै आक्रोश: शक्ति केन्द्रको वरिपरि मात्रै घुम्यो, विकट क्षेत्र उपेक्षामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले मुलुकका वास्तविक समस्या र भौतिक पूर्वाधारका क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको भन्दै सरकारको कडा आलोचना गरेका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनीहरूले बजेट पहुँचवाला र शक्ति केन्द्रको वरिपरि मात्रै घुमेको आरोप लगाए।

बैठकमा रास्वपा सांसद भरत पराजुलीले वायु प्रदूषणको भयावह अवस्थाबारे गम्भीर तथ्याङ्क प्रस्तुत गरे। नेपालमा वायु प्रदूषणका कारण वार्षिक करिब २६ हजार नागरिकको ज्यान गइरहेको र अर्थतन्त्रमा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ६ प्रतिशत क्षति भइरहेको भन्दै उनले यस्तो गम्भीर समस्या समाधानका लागि बजेटमा कुनै स्पष्ट दृष्टिकोण नदेखिएको बताए। आफ्नो निर्वाचन क्षेत्र सिन्धुपाल्चोक–१ को उदाहरण दिँदै उनले अरनिको राजमार्गको धुलिखेल–बाह्रबिसे खण्ड जीर्ण रहेको र वार्षिक २५ अर्ब राजस्व उठाउने तातोपानी भन्सार अझै पनि भूकम्पको भग्नावशेषबाट सञ्चालन भइरहेको भन्दै आक्रोश व्यक्त गरे।

त्यसै गरी, अर्का सांसद हरिप्रसाद भुसालले मुलुकको सुरक्षा संयन्त्रभित्र व्याप्त भ्रष्टाचार र बजेट विनियोजनमा देखिएको असन्तुलनप्रति सरकारको ध्यानाकर्षण गराए। नागढुङ्गा चेकपोस्टमा सवारी चालकहरूबाट सुरक्षाकर्मीले लुकिछिपी रकम असुल्ने गरेको दाबी गर्दै उनले नियमविपरीतको असुलीले सुरक्षाकर्मीको ध्यान सुरक्षा जाँचभन्दा कमाउ धन्दामा केन्द्रित भएको बताए। आफ्नो गृहजिल्ला अर्घाखाँचीका महत्त्वपूर्ण योजनाहरू, विशेष गरी निर्माणाधीन अर्घा भगवती विमानस्थल र रणनीतिक सडकहरूलाई बजेटले पूर्ण रूपमा उपेक्षा गरेको भन्दै उनले २ अर्ब लागतको सडकमा ५ करोड मात्र छुट्याएर सरकारले उपहास गरेको टिप्पणी गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा