फिफा विश्वकप २०२६: इरान र न्युजिल्यान्डबिचको रोमान्चक भिडन्त २–२ गोलको बराबरीमा टुङ्गियो

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक खेलमा इरान र न्युजिल्यान्डले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन्। लस एन्जलस स्टेडियममा भएको उक्त प्रतिस्पर्धामा दुवै टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए।

खेलको सुरुवाती क्षणमै न्युजिल्यान्डले आक्रामक गति लियो। खेलको सातौँ मिनेटमा क्रिस वुडको उत्कृष्ट पासलाई सदुपयोग गर्दै एलिजाह जस्टले गोल गरेर टोलीलाई १–० को अग्रता दिलाएका थिए। एक गोलले पछि परेको इरानले खेलमा फर्कन कडा सङ्घर्ष गर्‍यो। ३२औँ मिनेटमा रामिन रेजाइयानले एक शानदार फ्लिक गोल गर्दै इरानलाई १–१ को बराबरीमा ल्याए। पहिलो हाफ यही स्थितिमा सकिएको थियो।

दोस्रो हाफको सुरुवातमै न्युजिल्यान्डले पुनः खेलमा पकड बनायो। ५४औँ मिनेटमा क्रिस वुडकै अर्को असिस्टमा एलिजाह जस्टले ब्यक्तिगत दोस्रो गोल गर्दै न्युजिल्यान्डलाई २–१ को अग्रता दिलाए। तर, न्युजिल्यान्डको यो खुसी धेरै समय टिक्न पाएन। ६४औँ मिनेटमा इरानका मोहम्मद मोहेब्बीले रामिन रेजाइयानको पासमा उत्कृष्ट गोल गर्दै खेललाई २–२ को रोमाञ्चक बराबरीमा पुर्‍याए। त्यसपछिको समयमा दुवै टोलीबाट निर्णायक गोलका लागि थुप्रै प्रयासहरू भए पनि थप गोल हुन सकेन र खेल बराबरीमै सकियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा