रास्वपा महाधिवेशन अपडेट: ९९ केन्द्रीय सदस्यका लागि रातिदेखि नै मतदान जारी, १० बजेसम्म भोटिङ चल्ने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया तीव्र रूपमा अघि बढेको छ। ९९ सदस्यीय केन्द्रीय समितिका लागि गए राति १२ बजेदेखि निरन्तर विद्युतीय मतदान भइरहेको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आज (बिहीबार) बिहान १० बजेसम्म मतदान जारी रहनेछ। बिहान ५:५० बजेसम्म करिब १ हजार ४०० प्रतिनिधिले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्। केन्द्रीय सदस्य पदका लागि कुल ३८४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।

तोकिएको समयमा मतदान सम्पन्न भएलगत्तै त्यसको दुई घण्टाभित्र अन्तिम मतपरिणाम सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ। यसअघि नै पार्टी सभापति पदमा भने रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा