रास्वपा महाधिवेशन: केन्द्रीय सदस्य चयनका लागि मतदान सम्पन्न, २ हजार ९५९ मत खस्यो

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार बिहीबार सम्पन्न मतदानमा कुल २ हजार ९५९ मत खसेको छ।

चितवनको भरतपुरमा जारी महाधिवेशनमा ९९ जना केन्द्रीय सदस्य निर्वाचित गर्नका लागि ३७९ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा रहेका छन्। स्वदेशमा रहेका प्रतिनिधिहरूको मतदान सकिएसँगै अब प्रवासमा रहेका प्रतिनिधिहरूले मोबाइल एपमार्फत आफ्नो मताधिकार प्रयोग गर्नेछन्।

प्रवासका प्रतिनिधिहरूको मतदान प्रक्रिया पूरा भएलगत्तै सबै मत जोडेर अन्तिम मतपरिणाम घोषणा गरिने निर्वाचन आयोगले जनाएको छ। असार ७ गतेदेखि सुरु भएको यस महाधिवेशनमा पार्टी सभापति पदमा भने रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा