नेतृत्व परिवर्तनसँगै ‘शाही युवा शक्ति’ को कदम: राजतन्त्रको पक्षमा सञ्चालित ‘राजाको हस्ताक्षर अभियान’ रोकियो

काठमाडौँ । शाही युवा शक्ति नेपालभित्र उत्पन्न आन्तरिक विवाद र नेतृत्व परिवर्तनसँगै राजतन्त्र पुनर्स्थापनाको पक्षमा सञ्चालित ‘राजाको हस्ताक्षर अभियान’ (जनमत संग्रह) तत्कालका लागि रोकिएको छ। सङ्गठनले निवर्तमान अध्यक्ष पशुपति खड्कालाई विभिन्न गम्भीर आरोप लगाउँदै पदमुक्त गरेपछि नयाँ नेतृत्वले उक्त अभियान स्थगित गर्ने निर्णय गरेको हो।

खड्कालाई हटाएपछि शुक्रबार नवनियुक्त अध्यक्ष मणिराज थपलियासहितका पदाधिकारीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै अभियान रोकिएको औपचारिक जानकारी दिएका छन्। विज्ञप्तिमा ‘राजा सबैका साझा हुन्’ भन्ने मान्यतालाई अघि सार्दै राजाजस्तो साझा संस्थालाई कुनै निश्चित समूह वा व्यक्तिको स्वार्थ पूरा गर्न प्रयोग गर्न नहुने तर्क गरिएको छ।

“राजा राजतन्त्र पक्षधर र गणतन्त्र पक्षधर दुवैका साझा हुन्,” जारी विज्ञप्तिमा भनिएको छ, “सीमित व्यक्तिले आफ्नो व्यक्तिगत स्वार्थ सिद्धिका लागि मात्रै यो अभियान चलाएको पाइयो, जसको हामी घोर भर्त्सना गर्दछौँ।” नयाँ नेतृत्वले सङ्गठनलाई आफ्ना नीति र उद्देश्य अनुसार पुनः व्यवस्थित गरी अगाडि बढाउने जनाएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा