संसद्‌मा सांसदहरूको अनुपस्थिति बढेपछि रास्वपाको कडा कदम: आफ्नै सांसदहरूको हाजिरी छानबिन गर्न दुई सचेतकलाई जिम्मेवारी

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा सांसदहरूको उपस्थिति घट्दै गएको र बैठक सुरु भएपछि बिचमै बाहिरिने प्रवृत्ति बढेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको हाजिरी विश्लेषण गर्ने निर्णय गरेको छ। संसद्को गरिमा, उत्तरदायित्व र प्रभावकारिता कायम राख्न तथा सांसदहरूलाई जनताप्रति बढी जिम्मेवार बनाउन संसदीय दलले यो कदम चालेको हो।

रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार २०८३ असार ३० र ३१ गतेका साथै साउन १४, १८ र २२ गते बसेका संसद् बैठकहरूमा आफ्ना सांसदहरूको उपस्थिति कस्तो थियो भन्नेबारे संसद् सचिवालयबाट आधिकारिक विवरण झिकाएर गहन अध्ययन गरिनेछ।

सांसदहरूको हाजिरी र बैठकमा बस्ने अवधिको सुक्ष्म अध्ययन गरी प्रतिवेदन तयार पार्ने जिम्मेवारी संसदीय दलका सचेतकद्वय प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई दिइएको छ। उनीहरूलाई ७ दिनभित्र अध्ययन प्रतिवेदन बुझाउने कार्यदेश दिइएको छ। मुख्य सचेतक बुर्लाकोटीका अनुसार छानबिन समितिले बुझाएको प्रतिवेदनका आधारमा संसदीय दलको बैठक बसेर अनुपस्थित हुने वा बिचमै हिँड्ने सांसदहरूका सम्बन्धमा आवश्यक निर्णय लिइनेछ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा