मौसम अपडेट: आज कोशी र बागमतीमा भारी वर्षाको जोखिम, हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौँ । मुलुकभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज (शनिबार) देशभरको मौसममा बदलाब आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशभर साधारणतया बादल लाग्नेछ भने पहाडी तथा तराईका धेरैजसो क्षेत्रमा वर्षा र हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपात हुनेछ। यस्तै कोशी र बागमती प्रदेशका पहाडी भू-भागका धेरै स्थानमा तथा अन्य प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। विशेष गरी कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

त्यसैगरी आज राति पनि देशभरको मौसम बदली नै रहनेछ। रातिको समयमा देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ भने तराईका थोरै स्थानमा मध्यम वर्षा हुनेछ।

रातिको समयमा कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। लगातारको वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा डुबानको खतरा रहने भएकाले नदी तटीय क्षेत्र तथा पहिरोग्रस्त इलाकाका बासिन्दालाई विशेष सचेत रहन अपिल गरिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा