बजेट फ्रिज हुने समस्या रोक्न कानुनी सुधार र कडा अनुगमन गर्न सांसदहरूको माग

काठमाडौँ । विकास निर्माणका आयोजनाहरूमा पुँजीगत खर्च हुन नसकी ठुलो रकम फ्रिज हुने परिपाटी अन्त्य गर्न सांसदहरूले कानुनी सुधार र प्रभावकारी अनुगमनको माग गरेका छन्। सोमबार बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसदहरूले तोकिएको समयमा काम नसकिने र बजेट फिर्ता जाने समस्याप्रति सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका हुन्।

बैठकमा बोल्दै सांसदहरूले विकास आयोजनाहरूमा अत्यधिक राजनीतिकरण, झन्झटिलो ठेक्का प्रक्रिया र ठेकेदारहरूको भुक्तानीमा हुने ढिलाइका कारण बजेट खर्च हुन नसकेको बताए। विशेष गरी मधेस प्रदेशका पुल, हुलाकी सडक तथा सिँचाइ आयोजनाहरू लामो समयदेखि अलपत्र परेको उल्लेख गर्दै समयमै काम नगर्ने कर्मचारी र ठेकेदारलाई जवाफदेही बनाउनुपर्ने धारणा व्यक्त गरियो।

यसै गरी विकास निर्माणका लागि सुरुदेखि नै समयबद्ध कार्ययोजना बनाएर प्रत्येक महिनाको प्रगति मापन गर्नुपर्ने सुझाव दिइएको छ। ठेक्का स्वीकृति र प्राविधिक प्रक्रियामा लाग्ने समय घटाएर प्रणालीलाई लचिलो बनाउनुका साथै बजेट खर्च हुन नसक्नुको वास्तविक कारण पहिचान गरी समस्या समाधानका लागि ठोस कदम चाल्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा