प्रतिनिधिसभाबाट ‘नेपाल विशेष सेवा ऐन’ सम्बन्धी विधेयक बहुमतले पारित: गुप्तचरी निकायका साविक व्यवस्थाहरू पुनः ब्युँतिने

काठमाडौँ । प्रतिनिधि सभाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ बहुमतका साथ पारित गरेको छ। राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सोमबार बसेको संसद् बैठकमा उक्त विधेयक प्रस्तुत गरी निर्णय प्रक्रियामार्फत पारित गरिएको हो।

संसद् बैठकमा सभामुख डोलप्रसाद अर्यालले विधेयकको दफा २ अर्थात् साविकको व्यवस्था जगाउनेसम्बन्धी प्रावधानलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। सो क्रममा बहुमत सांसदहरूले ध्वनि मतका साथ विधेयकको पक्षमा समर्थन जनाएपछि सभामुखले विधेयक पारित भएको घोषणा गरे। राज्य व्यवस्था समितिमा दफावार छलफलका क्रममा विधेयकमाथि कुनै पनि संशोधन प्रस्ताव नपरेकाले सोही अनुरूप संसद्‌मा प्रक्रिया अघि बढाइएको थियो।

यो विधेयक पारित भएसँगै नेपालको राष्ट्रिय गुप्तचरी निकाय (विशेष सेवा) सँग सम्बन्धित २०४२ सालको ऐनका केही महत्त्वपूर्ण कानुनी व्यवस्थाहरू पुनर्जीवित हुने भएका छन्। मुलुकको राष्ट्रिय सुरक्षा, आन्तरिक व्यवस्थापन र सूचना सङ्कलन प्रणालीलाई थप प्रभावकारी र सशक्त बनाउनका लागि साविकका कानुनी व्यवस्थाहरू ब्युँताउनुपरेको जनाइएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा