कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीलाई कांग्रेसले विश्वासको मत नदिने, राप्रपा तटस्थ बस्ने

विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लिन लागेको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलको सोमबार बसेको बैठकले विश्वासको मतको विपक्षमा उभिने औपचारिक निर्णय गरेको प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिए।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने मुख्यमन्त्रीको विश्वासको मत प्रक्रियामा तटस्थ बस्ने भएको छ। राप्रपा संसदीय दलका प्रमुख सचेतक सविना बजगाईंले आफ्नो पार्टीले विश्वासको मतको पक्ष वा विपक्ष कतै पनि मतदान नगरी तटस्थ रहने निर्णय गरेको बताइन्।

नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच नयाँ सत्ता समीकरण बनेपछि मुख्यमन्त्री कार्कीले प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत लिन लागेका हुन्। यसअघि नै कांग्रेसले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिइसकेको थियो। ९२ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्दछ, जहाँ एमालेका ४० र नेकपाका १७ गरी सत्तापक्षसँग स्पष्ट बहुमत रहेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा