नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को ‘केन्द्रीय खोज उद्धार राहत समन्वय समिति’ प्रभावित क्षेत्रमा सक्रिय

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भोटेकोशी र त्रिशूली नदीको विनाशकारी बाढीबाट प्रभावित ११ जिल्लाका नागरिकका लागि ‘केन्द्रीय खोज उद्धार राहत समन्वय समिति’ गठन गरी राहत तथा उद्धार कार्य तीव्र पारेको छ।

बागमती प्रदेशका इन्चार्ज डा. गङ्गालाल तुलाधरको संयोजकत्वमा गठित समितिले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘हेल्प डेस्क’ स्थापना गरेर सम्बन्धित पालिका, सुरक्षा निकाय र अन्तर्राष्ट्रिय समुदायसँग प्रत्यक्ष समन्वय गरिरहेको छ।

नेकपाले घोषणा गरेको २५ लाख रुपैयाँ नगद राहत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने र संकलित खाद्यान्न, लत्ताकपडा तथा निर्माण सामाग्री स्थानीय निकायहरूसँगको समन्वयमा प्रभावित बस्तीहरूमा वितरण भइरहेको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा