गण्डकीमा एमालेले छोडेको मन्त्रालयमा नेसपाका फणीन्द्र देवकोटा नियुक्त हुँदै, आजै शपथको तयारी

पोखरा । गण्डकी प्रदेश सरकारमा नेकपा (एमाले) का मन्त्रीहरूले राजीनामा दिएपछि खाली भएको मन्त्रालयमा नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद फणीन्द्र देवकोटा मन्त्री नियुक्त हुन लागेका छन्।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार नै नयाँ मन्त्रीको नियुक्ति र शपथ ग्रहण गराउने तयारी गरेका हुन्। मुख्यमन्त्री सचिवालयका अनुसार देवकोटालाई मन्त्री पदको शपथ गराउन आवश्यक तयारी पुरा भइसकेको छ।

केन्द्रमा नयाँ राजनीतिक समीकरण बनेसँगै एमालेका ४ जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए। यसअघि ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री रहेका देवकोटाले सरकारबाहिर रहेर पनि सरकारलाई समर्थन कायम राखेका थिए। देवकोटालाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेबारे केही बेरमा टुङ्गो लाग्ने जनाइएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा