विष्णु पौडेलको महासचिव , पद खोसियोकेपी ओलीलाइ साधारण सदस्य समेत नरहने गरी पार्टीबाटै निष्कासित,

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव पक्षले केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ ।

यस्तै सोमबार बसेको प्रचण्ड नेपाल पक्षको चौथो केन्द्रीय समिति बैठकले महासचिव विष्णु पौडेललाई पनि पदबाट हटाउने निर्णय गरेको हो ।

बैठकमा नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी र पौडेललाई महासचिवबाट हटाउने प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव बैठकले पारित गरेको हो ।

पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नआएकाले ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको हो’, उनले भने,‘ पौडेललाई साधारण सदस्यबाट कारबाही गरिएको छैन। उहाँको जवाफ आएपछि यसबारे पार्टीले निर्णय गर्छ होला।’

यसअघि प्रचण्ड–नेपाल पक्षको पेरिसडाँडामा माघ ११ बसेको स्थायी कमिटी बैठकले पनि ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको थियो ।

पुस ५ मा प्रतिनिधिसभा विघटन गर्ने निर्णय ओलीले लिएपछि नेकपा विभाजित बनेको छ । हटाउने निर्णय गरेको थियो ।

त्यस्तै नेकपाको प्रचण्ड–नेपाल पक्षले आफूहरु नै आधिकारिक पार्टी भएको दावी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय गरेको छ ।

आफ्नो पक्षमा दुई तिहाइ केन्द्रीय सदस्य रहेको दावी गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगलाई आधिकारिक पार्टी आफूहरु रहेको जानकारी दिँदै पत्र लेख्ने निर्णय बैठकले गरेको जानकारी दिए ।

उनले यसअघि आयोगले पठाएको पत्र प्राप्त भएको भन्दै फेरि पनि सबै आन्तरिक विषय खुलाएर आयोगलाई आधिकारिकता दिनका लागि पत्र लेख्ने निर्णय भएको बताए ।यस्तै पार्टीका नेताहरु हस्ताक्षरसहित आयोग जाने समेत बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा