आन्दोलनकारीमाथि कारबाही गर्नेलाई नोटिसमा राखेका छौं : योगेश भट्टराई

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षले प्रहरी द’मनको नि’न्दा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमविरुद्ध शान्तिपूर्ण बिरोध कार्यक्रममा सहभागी विद्यार्थी नेतालाई प’क्राउ गरेर कु’ट’पि’ट गरेको घटनाको निन्दा गरेको हाे।

नेकपा संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले एक प्रेस नोट जारी गर्दै दोषीलाई कारबाहीको काम गरेका हुन्। अनेरास्ववियुको आयोजनामा काठमाडौंको बानेश्वरमा भएको शान्तिपूर्ण विरोध कार्यक्रम सम्पन्न भएर फर्किनेक्रममा अनेरास्ववियु केन्द्रिय सदस्य प्रशुन कार्कीलाई पक्राउ गरी प्रहरी भ्यानमा राखेपछि  यस्तो भएको भट्टराईको दाबी छ ।

प्रहरीको कु’टा’इबा’ट विद्यार्थी नेता प्रशुन कार्कीको आँखा र अनुहारमा ग’म्भी’र चो’ट लागेको छ। ‘असंवैधानिक र प्रतिगामी कदम विरुद्ध आज अनेरास्ववियुको आयोजनामा काठमाडाैंको बानेश्वरमा भएको शान्तिपूर्ण बिरोध कार्यक्रम सम्पन्न भएर फर्किनेक्रममा अनेरास्ववियु केन्द्रिय सदस्य प्रशुन कार्कीलाई गिरफ्तार गरी प्रहरी भ्यानमा राखेपछि प्रहरीद्वारा निर्मम गरेको घटनाको नेकपा केन्द्रिय सं’घर्ष समिति घोर नि’न्दा गर्दछ’ प्रेस नोटमा भनिएकाे छ।

आन्दोलनकारीहरूको कारवाहीमा उ’त्रने कुनै पनि व्यक्ति र सुरक्षाकर्मीका बारेमा पार्टीको संघर्ष समितीले नो’टिसमा राख्ने जानकारीसमेत गराएका छन्।  प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहसम्वद्ध विद्यार्थीहरुले सोमबार नयाँ बानेश्वरमा प्रदर्शन गरेका थिए ।

फ्ल्यास मब नाम दिइएको प्रदर्शनका क्रममा आकस्मिक रुपमा जम्मा भएका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । संसद भवन अगाडि सडकमा भएको प्रदर्शनका क्रममा भने प्रहरीले ह’स्तक्षे’प गरेको थियो । त्यसक्रममा केहीबेर सुरक्षाकर्मी र विद्यार्थीहरुबीच ध’के’ला’धके’ल भएको थियो भने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई पनि तत्काल छा’डिएको बानेश्वर प्रहरीका डीएसपी दक्षबहादुर बस्नेतले जानकारी दिए ।

मानिसहरुको समूह सार्वजनिक स्थानमा आकस्मिक रुपमा जम्मा हुनु र छोटो समयमा आफ्नो कला वा कलात्मक प्रदर्शन गर्नुलाई फ्ल्यास मब भन्ने गरिन्छ । टेलिकम्युनिकेसन, सामाजिक सञ्जाल वा इमेलमार्फत मानिसहरु एकैठाउँमा भेला हुन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा