सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल शीर्ष स्थानमा

काठमाडौँ– सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब पुन शीर्ष स्थानमा उक्लिएको छ ।

बिहीबार च्यासल फुटबल मैदानमा भएको खेलमा फ्रेन्ड्स क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्दै जावलाखेल पुन शीर्ष स्थानमा उक्लिएको हो । जावलाखेलका लागि एनकोटो मासोआबीले २ तथा राहुल राहुल र फोडे फोफानाले १-१ गोल गरे ।

फ्रेन्ड्सका लागि श्याम बाबु क्यापछाकीले गोल फर्काए । जितसँगै जावलाखेलले १७ खेलबाट ३० अंक जोडेको छ । समान अंक रहेको चर्च ब्वाइजलाई पछि पार्दै

हेड टु हेड नतिजाको आधारमा जावलाखेल शीर्ष स्थानमा उक्लिएको हो । पराजित फ्रेन्ड्स १६ खेलमा १९ अंक सहित तालिकाको एघारौं स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा