पश्चिमी वायुको प्रभाव कमजोर: वर्षाको सम्भावना टर्यो, तराईमा अझै हुस्सुको सास्ती

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि यो प्रणाली बिस्तारै कमजोर बन्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली कमजोर भएकाले तत्काल देशका कुनै पनि स्थानमा वर्षा र हिमपातको सम्भावना नरहेको मौसमविद्हरूले बताएका छन्।

हाल देशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने पहाडी भेगमा आंशिक बदलीको अवस्था छ। तराईका केही स्थानहरूमा भने बिहानीपखदेखि नै तुवाँलो लागेको छ। आज दिउँसो र राति देशका पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।

यद्यपि, तराईका धेरै स्थानहरूमा आज दिउँसो पनि हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। हुस्सुका कारण तराईको जनजीवन र यातायातमा केही प्रभाव पर्न सक्ने देखिएको छ। पहाडी र हिमाली क्षेत्रमा भने मौसम सफा भएसँगै घाम लाग्ने र जनजीवन सामान्य रहने देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा