तीन मौसमी वायुको प्रभाव: आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, पश्चिम तराईमा लूको सास्ती

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यी तीन वटा मौसमी प्रणालीको संयुक्त असरका कारण आज देशभरिकै मौसममा बदलाव आउने र सातै प्रदेशमा वर्षाको सम्भावना रहेको छ।

आज २ असार मङ्गलबार दिउँसो देशको हिमाली र पहाडी भू-भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहनेछ। यो अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यसै गरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा पनि चट्याङ्गसहित पानी पर्ने अनुमान गरिएको छ।

रातिको समयमा पनि कोशी प्रदेशको तराई, पहाडी क्षेत्र र बागमती तथा गण्डकीका हिमाली र पहाडी भू-भागमा आंशिक बदली रही थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहनेछ। एकातर्फ पहाडी र पूर्वी क्षेत्रमा वर्षाको सम्भावना रहँदा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा भने अत्यधिक गर्मी बढ्ने र तातो हावा (लू) चल्न सक्ने भएकाले महाशाखाले ती क्षेत्रका सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा