काभ्रेमा भयानक दुर्घटना: दुई टिपरको बीचमा च्यापिएर जेसिबी सहचालक १९ वर्षीय युवकको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेको मण्डनदेउपुर नगरपालिका–१२ ठूलीबेँसीस्थित इन्द्रावती नदीको बेतिनी बगरमा गए राति दुई वटा टिपरको बीचमा च्यापिँदा एक जना जेसिबी सहचालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा पाँचखाल नगरपालिका–८ होक्से घर भएका १९ वर्षीय युवक देवेन्द्र तामाङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन विष्टका अनुसार बेतिनी बगरमा बालुवा लोड गरी ब्याक गर्ने क्रममा बा४ख ९८२५ नम्बरको टिपरले सोही स्थानमा रोकिराखेको बा४ख ९९०९ नम्बरको अर्को टिपरको बीचमा च्याप्दा तामाङको ज्यान गएको हो। मृतक तामाङ उक्त बगरमा बालुवा लोड गर्न प्रयोग गरिने जेसिबीका सहचालकका रूपमा कार्यरत थिए।

दुर्घटनालगत्तै एक जना टिपरका चालक घटनास्थलबाट फरार भएका छन् भने अर्का चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले फरार चालकको खोजी गर्नुका साथै घटनाको सम्बन्धमा आवश्यक कानुनी अनुसन्धान सुरु गरिसकेको जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा