बिहीबारको मौसम: चार प्रदेशमा भारी वर्षाको प्रक्षेपण, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशभर आंशिकदेखि साधारणतया बदली रही मनसुनी वायुको प्रभाव कायमै रहनेछ। देशका धेरैजसो भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुनुका साथै केही प्रदेशमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ। त्यस्तै, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रका एक-दुई स्थानमा मध्यम वर्षा हुनेछ। दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

रातिको समयमा पनि देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको पूर्वानुमान गरिएको छ। मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। साथै कर्णाली र सुदूरपश्चिमको पहाडी क्षेत्र तथा सुदूरपश्चिमको तराईका थोरै स्थानहरूमा पनि चट्याङ्गसहित वर्षा हुनेछ। राति मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई सजग रहन आग्रह गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा