त्रिपुरेश्वर आत्मदाह प्रकरण: सहमति नजुटेपछि गणेश नेपालीको पोस्टमार्टम अनिश्चित, महानगरद्वारा परिवारलाई रोजगारी र शिक्षाको आश्वासन

काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरी ज्यान गुमाएका मुगु, सोरु गाउँपालिकाका गणेश नेपालीको पोस्टमार्टम प्रक्रिया अझै सुरु हुन सकेको छैन। मृतकका परिवार र सरकारी प्रतिनिधिबीच निरन्तर छलफल भइरहे पनि ठोस सहमति जुट्न नसक्दा त्रिवि शिक्षण अस्पतालमा राखिएको शवको पोस्टमार्टम अनिश्चित बनेको हो।

काठमाडौँका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा शनिबार साँझदेखि नै पीडित परिवारसँग वार्ता जारी रहेको छ। सहमति नभएसम्मका लागि शवलाई अस्पतालमै ‘फ्रिजिङ’ गरेर सुरक्षित राखिएको प्रशासनले जनाएको छ। गत असार २५ गते मोटरसाइकल पार्किङको विषयलाई लिएर काठमाडौँ महानगरपालिकाका नगर प्रहरीसँग विवाद भएपछि नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा भोलिपल्ट मृत्यु भएको थियो।

यसैबीच, परिस्थितिलाई साम्य पार्न काठमाडौँ महानगरपालिकाले मृतक नेपालीको परिवारलाई रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा उपलब्ध गराउने घोषणा गरेको छ। यससम्बन्धी औपचारिक निर्णय भने आगामी कार्यपालिका बैठकबाट अनुमोदन गरिने महानगरले जनाएको छ। यसका साथै, घटनाको सत्यतथ्य छानबिन गर्न प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाको नेतृत्वमा एक विशेष छानबिन समिति गठन गरिएको छ। समितिले आत्मदाहअघि नगर प्रहरीले मोटरसाइकलमा ‘ह्वील लक’ गरेपछि उत्पन्न विवादका विषयमा संलग्न नगर प्रहरीहरूसँग सोधपुछ तथा अनुसन्धान गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा