बुधबारको मौसम: देशभर साधारणतया बदली रहने, चारवटा प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको प्रक्षेपण

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर मनसुनी वायुको प्रभावका कारण साधारणतया बदली रही देशका विभिन्न भू-भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ। विशेषगरी पहाडी तथा तराईका केही क्षेत्रहरूमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। यसैगरी देशका पहाडी भू-भागका केही स्थानहरूका साथै मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका क्षेत्रमा मध्यम वर्षाको प्रक्षेपण गरिएको छ। दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा पनि देशभर साधारणतया बदलीकै अवस्था रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा मध्यम वर्षा र हिमपात हुन सक्नेछ। त्यस्तै देशका पहाडी तथा तराई भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। राति मधेश प्रदेशका साथै कोशी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले महाशाखाले नदी तटीय क्षेत्र तथा भिरालो जमिन आसपासका बासिन्दालाई सतर्क रहन अपिल गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा