फिफा विश्वकप २०२६: फ्रान्सलाई २-० ले स्तब्ध पार्दै स्पेन १६ वर्षपछि फाइनलमा, कप्तान रोड्रीको जादुमयी प्रदर्शन

काठमाडौँ । डलासमा सम्पन्न फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनल भिडन्तमा फ्रान्समाथि २-० गोलअन्तरको सानदार जित दर्ता गर्दै स्पेन प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। सन् २०१० मा विश्वकपको उपाधि उचालेयता स्पेन १६ वर्षपछि पहिलो पटक विश्वकपको फाइनलमा पुग्न सफल भएको हो।

खेलको सुरुवाती समयदेखि नै बलमा नियन्त्रण राख्दै स्पेनले फ्रान्सलाई दबाबमा राखेको थियो। स्पेनका लागि मिकेल ओयारजाबालले पेनाल्टीमार्फत र पेड्रो पोरोले सानदार गोल गर्दै टोलीको जित सुनिश्चित गरे। स्पेनिस मध्यपङ्क्तिमा कप्तान रोड्रीले जादुमयी खेल प्रदर्शन गर्दै फ्रान्सलाई पूरै समय नियन्त्रणमा राखेका थिए। उत्कृष्ट कप्तानी र प्रभावशाली प्रदर्शनका कारण उनलाई ‘म्यान अफ द म्याच’ घोषित गरिएको छ। त्यस्तै, युवा स्टार लामिन यामालले पेनाल्टी जिताउँदै टोलीको जितमा महत्त्वपूर्ण योगदान दिएका थिए।

यता, फ्रान्सको प्रदर्शन भने सेमिफाइनलजस्तो महत्त्वपूर्ण खेलमा निकै निराशाजनक रह्यो। प्रतियोगिताभर उच्च लयमा देखिएका फ्रान्सेली कप्तान किलियन एम्बाप्पे यस खेलमा स्पेनिस डिफेन्डरका अगाडि निरिह देखिएका थिए। फ्रान्सको बलियो मानिएको रक्षापङ्क्ति स्पेनको आक्रामक रणनीतिका सामु भत्किएको थियो भने डिफेन्डर विलियम सालिबा चोटग्रस्त हुँदै मैदानबाट बाहिरिनुले फ्रान्सलाई थप धक्का पुगेको थियो। यस सानदार जितसँगै स्पेनले अब उपाधिका लागि आगामी आइतबार न्यु जर्सीमा हुने फाइनलमा इंग्ल्यान्ड र अर्जेन्टिनाबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा