प्रधानन्यायाधीश शर्माको भारत भ्रमण: सपना प्रधान मल्लले पुनः सम्हालिन् कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले पुनः कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी छन्। प्रधानन्यायाधीश मनोजकुमार शर्मा औपचारिक भ्रमणका क्रममा भारत प्रस्थान गरेपछि मल्लले सर्वोच्च अदालतको नेतृत्वको जिम्मेवारी पाएकी हुन्।

जिम्मेवारी सम्हालेसँगै कायममुकायम प्रधानन्यायाधीश मल्लको सक्रियता सुरु भइसकेको छ। शुक्रबार उनी र न्यायाधीश टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा विभिन्न विषयका ३६ वटा मुद्दाको पेसी तोकिएर सुनुवाइ प्रक्रिया अघि बढाइएको छ।

यसअघि पूर्वप्रधानन्यायाधीश प्रकाशमान सिंह राउत अनिवार्य अवकाशमा गएपछि पनि मल्लले नै कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी थिइन्। तर, संवैधानिक परिषद्को बैठकले चौथो वरीयतामा रहेका मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका रूपमा सिफारिस गरेपछि उनी २० दिनको बिदामा बसेकी थिइन्। प्रधानन्यायाधीश शर्मा विदेश भ्रमणमा रहेकाले न्याय सम्पादन र प्रशासनिक नेतृत्वलाई निरन्तरता दिन वरिष्ठताका आधारमा मल्लले पुनः यो जिम्मेवारी पाएकी हुन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा