विवादमा तानिएको ‘ग्रीन आर्मी नेपाल’ का कागजात गृह मन्त्रालयद्वारा माग, अध्यक्ष भन्छन्– सबै बुझाइसक्यौँ

काठमाडौँ । संस्थाको नाम, सैनिक शैलीको पोसाक र गतिविधिलाई लिएर चौतर्फी प्रश्न उठेपछि गृह मन्त्रालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ‘ग्रीन आर्मी नेपाल’ सँग सम्बन्धित आधिकारिक कागजातहरू माग गरेको छ।

संसद्देखि सामाजिक सञ्जालसम्म बहस चुलिएपछि मन्त्रालयले संस्थाको स्वरूप र दर्ता प्रक्रियाबारे चासो देखाएको हो। संस्थाका संस्थापक अध्यक्ष सविन शर्माले सरकारले मागेका सबै कानुनी कागजात बुझाइसकेको र संस्था वैधानिक रूपमै सञ्चालनमा रहेको दाबी गरेका छन्। उनले सरकारले ‘आर्मी’ शब्द प्रयोगमा रोक लगाउने साझा नीति बनाए ३५ दिनभित्र नाम परिवर्तन गर्न तयार रहेको तर विगतमा समाज कल्याण परिषद् र कम्पनी रजिस्ट्रारबाट स्वीकृति लिई काम गरिरहेकाले हठात् संस्था रोक्न खोजिए कानुनी उपचार खोज्ने बताए।

यसैबिच, नेपाली सेनाले भने २०७८ सालमै ग्रीन आर्मीको पोसाक सेनासँग मेल नखाने स्पष्ट पारिसकेको र अहिलेको विषयमा सेनाको कुनै सरोकार नरहेको जनाएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा