चिलिमेको भूमिगत विद्युतगृह नजिक पुगे उद्धारकर्मी, सुरुङभित्र फसेकाहरूको सकुशल उद्धार हुने आशा

काठमाडौँ । भोटेकोशी बाढीका कारण रसुवास्थित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत आयोजनाको सुरुङमा फसेका आठ जनाको उद्धार कार्य अन्तिम चरणमा पुगेको छ। उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र भारतीय विज्ञसहितको संयुक्त टोली भूमिगत विद्युतगृहभन्दा करिब एक सय मिटर नजिक पुग्न सफल भएको छ। उद्धार कार्यको प्रत्यक्ष अनुगमन तथा समन्वयका लागि पूर्व ऊर्जामन्त्री कुलमान घिसिङ स्वयं कार्यक्षेत्रमा खटिनुभएको छ।

उद्धारकर्मीहरूले भूमिगत विद्युतगृह जाने मुख्य पहुँच सुरुङमा थुप्रिएको बाक्लो लेदो र बालुवा पन्छाउने कार्यलाई तीव्र पारेका छन्। सुरुङ साँघुरिएको स्थानबाट करिब १२० मिटर भित्रबाट आवाज पठाउँदा प्रतिध्वनि (इको) सुनिएकाले सुरुङभित्र फसेका श्रमिक तथा प्राविधिकहरू सकुशल रहेको बलियो विश्वास गरिएको छ। कठिन भौगोलिक अवस्था र जोखिमका बाबजुद उद्धार टोलीले निरन्तर उद्धार प्रयास जारी राखेको छ।

यसैबिच, स्याफ्रुबेंसी हुँदै चिलिमेको टनेलसम्म स्काभेटर तथा लोडरजस्ता हेभी इक्युपमेन्ट लैजान निर्माण भइरहेको वैकल्पिक पहुँचमार्ग अब टनेलको ३० मिटर नजिक पुगेको छ। सडकमार्ग जोडिएर भारी उपकरणहरू सुरुङसम्म पुग्नासाथ उद्धार कार्यले थप तीव्रता पाउने र फसेका नागरिकहरूलाई छिट्टै सुरक्षित बाहिर निकालिने पूर्वमन्त्री घिसिङले जानकारी दिनुभएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा