काठमाडौं, ९ जेठ । पूर्वमन्त्री मोहम्मद आफताव आलम यतिवेला कारागारमा छन् । उनलाई रौतहटमा सामुहिक ह त्या को घटनामा प’क्राउ गरी अदालतको आदेश पछि कारागार पठाइएको छ । घुटनामा संलग्न भनिएका उनका भाई भने फरार छन् । विहिवार राति उनका भाई महताव आलम पनि घर आएको भन्ने सूचना प्रहरीले पायो । प्रहरी उनलाई प’क्राउ गर्न आलमको घरमा जाँदा स्थानियले अवरोध सिर्जना गरेपछि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले स्थानियको अुवरोध छिचोल्न गो’ली समेत चलाएको छ ।
मध्यरातमा पुगेको प्रहरीलाई स्थानियले अवरोध गरेका थिए । ब’म वि’स्फोट घटनाम जिल्ला अदालत रौतहटको आदेशमा आलम अहिले ललितपुरस्थित नख्खु कारागारमा रहेको बेलामा उनका भाईको पनि प्रहरीले खोजि जारी राखेको छ । प्रहरी रौतहटको राजपुरस्थित आलमको घरमा पुग्दा स्थानियले अवरोध सिर्जना गरे भने प्रहरीले महतावलाई भने फेला पार्न सकेन ।
स्थानीयको अवरोधलाई हटाउन प्रहरीले १२ राउ’ण्ड हवाइ फा’यर गरेको प्रहरीले पुष्टि गरेको छ । उनलाई नियन्त्र’ण’मा लिन भन्दै ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक गोबिन्द पुरी र ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायब निरीक्षक सहितको १० भ्यान प्रहरी टोली महताबको घरमा पुगेको थियो । २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको वि’स्फो’टमा घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै ज’ला’एको अभियोग आलममाथि लागेको छ ।
राजपुर ब’म का’ण्डका आ’रोपी मोहम्मद महताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजले हक, सगिर आलम, शेख मलकार, बद्री सहनी, मुक्ति साहलयायतका व्यक्ति प्रहरीको फ’रार सूचीमा रहेका छन् । उनीहरुको खोजी कार्य तिव्र पारिएको एसपी खड्काले बताए ।