काठमाण्डौमा घट्यो डरलाग्दो घटना,सडकमै पर्यो लडाई

सहकर्मी सुरक्षाको माग गर्दै कीर्तिपुर प्रहरी कार्यालय गएका विद्यार्थीलाई अ’ज्ञात समूहले कु’टपि’ट गरेको हो । बीच सडकमै लडाएर विद्यार्थीका टा’उकोमा कु’ल्चिएको भिडियो सञ्चारमाध्यममा आएका छन् ।

नि’र्घात कु’टाइ खा’ने त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा अध्ययनरत ललितजंग रावत रहेका बुझिएको छ ।केही दिनदेखि राहत वितरणको विषयमा वि’वाद भएपछि सहकर्मी सुरक्षाको माग गर्न विद्यार्थीहरु प्रहरी परिसर गएका थिए ।

स्थानीयले राहत विवादले कु’टपि’ट भएको हुन सक्ने बताएका छन् भने प्रहरी प्रशासनले भने लकडाउन उल्लंघन गर्दै दुई समूह आपसमा झ’गडा गरेको खबर प्राप्त भएको र प्रहरी पुग्दा कोही नभएको बताएका छन् । सरकारी सेवामा प्रवेश गर्न चाहनेहरु लोकसेवा आयोगको परीक्षा लगायत विभिन्न परीक्षाको तयारीका लागि पनि यस क्षेत्रमा बस्दै आएका छन् ।

एक्कासी लकडाउन हुँदा उनीहरु घर जान नसकी काठमाडौंमै रोकिएका छन् । नियमित आम्दानी नभएको र लकडाउनका कारण घरबाट खाद्यान्न र पैसा ल्याउन नसकेका कारण विद्यार्थीहरु समस्यामा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा