यतिखेर सामाजिक संजाल भरि नायिका बर्षा राउतको समाचार छ्याप छ्याप्ती छापिएको छ। उनले फसेबूक लाइभ मार्फत बोलेको कुराले देशबासीलाई दुखि बनाएको छ। उनले लाइभ मार्फत भारत का साथीको चासो राखेर बोलेको कुराले सामाजिक संजाल भरि उनलाई गाली गलौज र ट्रोल बनाइयो।
चर्चित नायिका वर्षा राउतले आफूले एक शब्दपनि नेपाल र नेपालीहरुको विरुद्धमा नबोलेको स्पष्ट पारेकी छिन् । नेपाल भारत सिमा विवादको सवालमा आफूले कुटनीतिक रुपमा दुवै देशका अधिकारी बसेर वार्ता गर्नुपर्ने धारणा राखेको पनि उनको भनाई छ ।
आइतबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलसँग कुरा गर्दै नायिका राउतले यस्तो बताएकी हुन् ।
उनले भनिन्-‘भोलि हाम्रो भूमि रक्षाको लागि मर्नुपरेपनि म तयार छु । ज्यान दिन तयार छु । म यही देशमा हुर्किरहेको छु । विदेशको पिआर लिएको छैन्। यही देशमा बस्छु । यहीँ काम गरिरहेको छु । यही देशमा बाँच्छु, यही देशमा मर्छु । विदेशमा गएर बस्ने मेरो सोचपनि छैन् ।
जो जसले जे जे भनिरहनुभएको छ, त्यो १५ सेकेण्डको भिडिओले मिसकम्युनिकेशन भैरहेको जस्तो लाग्छ क्या । राष्ट्र र राष्ट्रियताप्रति हलुका शब्द प्रयोग गरेकोले मैले अहिले सजाय पाईरहेको छु ।’ तपाईको अन्तरर्वार्ता किन विवादमा पर्यो ?
धमलाको सुरुवाती प्रश्नमा उनले भनिन्-‘अब हेर्नुहोस मेरो ३० मिनेट लामो ईन्टरभ्यु थियो । त्यसमा १५ सेकेण्डको भिडियो राखेर, मैले बोलेको शब्दले मान्छेहरुको सेन्टिमेन्ट्सँग ठेस पुगेको छ । त्यसले गर्दा अलिकति विवादमा आईरहेकोजस्तो लाग्यो मलाई ।’
तपाईलाई त देशभन्दापनि भारतीय साथीहरुको बढि चिन्ता छ अरे नि ? आज भन्नुहोस त कसेको बढि चिन्ता छ ? साथीको कि देशको ? भन्ने धमलाको अर्को प्रश्नमा उनले थपिन्-‘हेर्नु अब कुन चाहीँ मान्छेलाई आफ्नो देशको माया लाग्दैन् र ? म पनि यही देशमा जन्मिए, यही देशमा हुर्किएँ ।
मलाई पनि देशको माया लाग्छ नि । मैले कुनैपनि ईन्टरभ्युमा ईभेन त्यो ईन्टरभ्युमा पनि मैले मलाई नेपालको माया लाग्दैन् भनेर भनेकै छैन क्या ।म त्यो ईन्टरभ्युमा पनि नेपालकै पक्षमा बोलिरहेको थिएँ भने अहिलेको यो ईन्टरभ्यु होस या अरु जुनसुकै ईन्टरभ्यु होस म नेपालको छोरी हुँ । म नेपाललाई नै माया गर्छु ।
उनले आफूले साथीको सवालमा बोलेको कुरा स्मरण गराउँदै भनिन्,’भारत र नेपालबीच एकदमै पूरानो सम्बन्ध छ । ऐतिहासिक सम्बन्ध छ । साथीको, मित्रताको सम्बन्ध छ । त्यो सन्दर्भमा जोड्न खोजेको थिएँ ।
यो सोसल वारहरुले गर्दा हाम्रो पूरानो मित्रतामा असर पर्न जान्छ भन्ने कुरामा मैले जोड दिन खोजेको थिएँ । तर, मैले बोल्दाखेरि अलिकति केही भाषा नमिलेको कारणले गर्दा अहिले जनताहरुले अलिकति नराम्रो रुपमा लिनुभएको हो ।’ उनीसंगको अन्तर्वार्ताको भिडियो तल हेर्नुहोला ! श्रोत रिपोटर्सक्लबनेपाल