काठमाडौं,सशस्त्र प्रहरीले एपीएफमा आवद्ध खेलाडीहरुलाई सीमा सुरक्षार्थ खटाउने निर्णय गरेको हो ।नोबेल कोरोना भाइरस (कोभिड १९) रोकथाम र नियन्त्रणका लागि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा खेलाडी समेत परिचालन गर्ने भएको छ ।
भारतसँगको सिमा नाकाको कडाइका लागि सशस्त्र प्रहरी बल (एपीएफ) ले १ सय जना खेलाडीसहित २ सय जनालाई प्रदेश नम्बर २ मा पठाउने जनाएको हो ।आइतबार सशस्त्रले आन्तरिक निर्णय गर्दै लकडाउनमा सीमा नाका कडाइका लागि खेलाडीसहित २ सय जनाको टोली प्रदेश २ मा परिचालन गर्ने निर्णय गरेको हो ।
सशस्त्रले यसअघि पनि खेलाडीलाई तयारी अवस्थाा रहन निर्देशन दिएको थियो । तर आइतबार मात्रै उनीहरुलाई सीमा क्षेत्रमा पठाउने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण, रजत र कास्य पदक विजेता बाहेक अन्य खेलाडीलाई सीमा नाकाको सुरक्षार्थ पठाउने निर्णय गरेको हो ।
नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।