बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको ९१ वर्षको उमेरमा निधन भएको छ ।

सयभन्दा बढी फिल्ममा जीवन्त अभिनय गरेका उनको आइतवार बिहान बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको ९१ वर्षको उमेरमा निधन भएको छ ।एक छोरी र श्रीमतीसँग बस्दै आएका उनी लामो समयदेखि सुगर, प्रेसर जस्ता रोगबाट पीडित थिए ।फिल्म ‘जीवन रेखा’ बाट अभिनय करिअर सुरुवात गरेका कलाकार ठकुरी प्यारालाइसिसका कारण लामो समय ह्विलचियरमा विभिन्न कार्यक्रममा सहभागी हुने गरेका थिए ।

तर, सुगर, प्रेसर जस्ता रोग थपिँदै गएपछि उनी विना कसैको सहारा उठ्न पनि नसक्ने भएका थिए । उनको कहिलेकाहिँ बोली आउने र जाने गरेको पनि पारिवारिक स्रोतले जानकारी दिएको छ । १०० हाराहारी चलचित्र, दर्जनौं शिरियल र म्युजिक भिडियो संगै बिज्ञापनहरुमा अभिनय गरेका चन्द सुगर र प्रेसरका कारण थलिएर काठमाडौंको एकान्त कुनामा छोरी र श्रीमतीको साथमा बसेका थिए ।

उनले फिल्मसँगै थुप्रै टेलिसिरियल र म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । उनी पछिल्लो पटक फिल्म ‘भागी भागी नजाऊ’ मा नदेखिएका थिए । ‘विश्वास’, ‘भाग्य रेखा’, ‘फेरि भेटौँला’, ‘मायालु’, ‘यु’द्ध’ लगायतका थुप्रै फिल्ममा चरित्र अभिनेताको भूमिका निर्वाह गरेका चन्दले भारतीय फिल्म ‘पञ्चओटी’ तथा पाकिस्तानी एक फिल्ममा समेत अभिनय गरेका छन् ।पछिल्लो समय रोगले थलिएर जयनन्द चन्द बोल्न सक्थेनन् ।

केहि समय अगाडिसम्म वाकरको सहायताले हिड्ने चन्दका पाईलाहरु सर्न छाडिसकेका थिए । स्वस्थ रहुन्जेल कलाकारितामा समर्पित चन्दे भागी भागी नजाऊ चलचित्रपछि कुनै पनि चलचित्रमा अभिनय गरेका थिएनन् ।

 

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा