टी-२० विश्वकप २०२८: क्षेत्रीय छनोटको झन्झटमुक्त हुँदै नेपाल सिधै ग्लोबल छनोटमा प्रवेश, आईसीसीद्वारा नयाँ फम्र्याट प्रस्ताव

काठमाडौँ । नेपाली क्रिकेट टोलीले सन् २०२८ मा आयोजना हुने टी-२० विश्वकपका लागि सुरुवाती क्षेत्रीय छनोट चरण खेल्नुनपर्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ छनोट निर्देशिकाअनुसार नेपालले अब सिधै ‘ग्लोबल छनोट’ मा प्रतिस्पर्धा गर्ने सुनौलो अवसर प्राप्त गरेको हो।

आईसीसीको नयाँ मापदण्डअनुसार सन् २०२६ को टी-२० विश्वकपमा सहभागिता जनाएका तर आगामी संस्करणका लागि स्वतः छनोट हुन नसकेका टोलीहरूलाई सिधै ग्लोबल छनोटमा प्रवेश गराइनेछ। नेपालले सन् २०२६ को विश्वकपमा समूह चरणबाटै यात्रा टुङ्ग्याएका कारण स्वतः छनोटको अवसर गुमाए पनि सोही विश्वकप खेलेका आधारमा एसिया क्षेत्रीय छनोट खेल्नुपर्ने बाध्यताबाट भने मुक्ति पाएको छ।

यसअघि क्षेत्रीयस्तरमा मात्र सिमित गरिएको छनोट प्रक्रियालाई परिमार्जन गर्दै आईसीसीले पुनः ग्लोबल छनोट प्रणाली ब्युँताएको हो। यस ग्लोबल छनोटमा क्षेत्रीय प्रतियोगिताहरू पार गरेर आउने थप ८ टोलीहरू सामेल हुनेछन्। जसमा एसिया, अफ्रिका र युरोप क्षेत्रबाट २-२ टोली तथा अमेरिका र पूर्वी एसिया-प्रशान्त (ईएपी) क्षेत्रबाट १-१ टोली आउनेछन्। ग्लोबल छनोट प्रतियोगितामा न्यूनतम प्रदर्शनको मापदण्ड पूरा गर्दै प्रत्येक क्षेत्रबाट उत्कृष्ट हुने एक-एक टोली र समग्र नतिजाका आधारमा थप तीन गरी कुल ७ टोलीले सन् २०२८ को विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्नेछन्।

यसका साथै, आईसीसीले टी-२० विश्वकपको हालको फर्म्याटमा समेत व्यापक परिवर्तन गर्ने प्रस्ताव अघि सारेको छ। आईसीसी बोर्ड बैठकबाट यो नयाँ संरचना पारित भइसकेको भए पनि आगामी नोभेम्बरमा हुने अन्तिम छलफलपछि मात्र यसलाई औपचारिक रूपमा लागू गरिने जनाइएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा