हालसम्मकै उच्च बिन्दुमा सुनको भाउ, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। लगातार बढिरहेको सुनको मूल्य आज तोलामा १८०० रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ६९ हजार तीन सय रूपैयाँ पुगेको छ। हिजो सामान्य घटेको सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि गत बुधबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला दुई लाख ६८ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि १६५ बढेको छ। बिहीबार तोलामा ४ हजार ४०० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ४ हजार ५ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा