साताको पहिलो दिन ५,६०० रूपैयाँले बढ्याे सुनकाे भाउ, चाँदीकाे कति ?

काठमाडाैं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुन र चाँदी दुवैको मूल्यमा उच्च वृद्धि भएको छ। गत शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला ५ हजार ६०० रुपैयाँ र चाँदीको भाउ ३७५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँ कायम गरिएको छ। गत शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा स्थिर रहेको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य बढोत्तरी देखिएको छ। शुक्रबार प्रतितोला ५ हजार ५० रुपैयाँमा खरिदबिक्री भएको चाँदीको मूल्य आज ह्वात्तै बढेर ५ हजार ४२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा