मौसम अपडेट: पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

काठमाडौँ । नेपालको वायुमण्डलमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा देशका विभिन्न भागको मौसममा फेरबदल देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला कर्णाली प्रदेश लगायत देशका उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बदली रहेको छ भने अन्य स्थानमा मौसम सामान्यतया सफा छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ। तराईका केही स्थानहरूमा भने बिहानदेखि नै हुस्सु लागेको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकीका थोरै स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

आज राति पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगमा आंशिक बदली रहने सङ्केत छ। तराईका थोरै स्थानहरूमा रातिको समयमा पनि तुवाँलो लाग्न सक्नेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा राति पनि हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा