नेप्से ३२ अंकले घट्दा रिलायन्स स्पिनिङमा सकारात्मक सर्किट, २१ अर्बको सेयर कारोबार

काठमाडौँ । यस साताको दोस्रो कारोबार दिन मंगलबार उछाल आएको सेयर बजारमा मंगलबार भने दोहोरो अंकको गिरावट देखिएको छ।

साेमबार दिन ६ प्रतिशतको वृद्धिसहित सर्किट ब्रेक लागेको बजार आज ३२.०८ अंक (१.११ प्रतिशत) ले घटेर २ हजार ८ सय ४३ को विन्दुमा थामिएको छ।

आइतबार सार्वजनिक बिदा भएकाले सेयर बजार खुलेकाे थिएन ।

बजार ओरालो लागे पनि कारोबार रकममा भने उल्लेख्य उत्साह देखिएको छ। आज दिनभरिमा ३ सय २९ कम्पनीका ५ करोड २७ लाख ११ हजार ३ सय ५३ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ५० करोड रुपैयाँ बराबरको उच्च कारोबार भएको छ।

परिसूचक ओरालो लाग्दा लगानीकर्ताहरू नाफा सुरक्षित गर्न (प्रफिट बुकिङ) तर्फ आकर्षित भएको यसले संकेत गर्दछ।

आजको कारोबारमा १७८ कम्पनीको सेयर मूल्य घटेको छ भने ७८ कम्पनीका लगानीकर्ताले कमाएका छन्। बजार घटे पनि रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ। त्यस्तै, सालपा विकास बैंकको मूल्य ९.९९ प्रतिशत र थ्रि स्टार हाइड्रोपावरको मूल्य ९.०८ प्रतिशतले बढेको छ। यता, हिमस्टार ऊर्जा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ६.३६ प्रतिशत गुमाएका छन्।

समूहगत आधारमा आज ‘म्युचुअल फण्ड’ बाहेकका सबै उपसमूह राताम्मे देखिएका छन्। म्युचुअल फण्ड समूह १.३४ प्रतिशतले बढ्दा व्यापार उपसमूह सर्वाधिक २.१२ प्रतिशत र फाइनान्स समूह २.०६ प्रतिशतले घटेको छ।

त्यस्तै, होटल तथा पर्यटन १.८५, उत्पादन तथा प्रशोधन १.६९, लगानी १.५८, जलविद्युत १.४५ र वाणिज्य बैंक उपसमूह १.२७ प्रतिशतले ओरालो लागेका छन्। बजारमा आएको यो उतारचढावलाई लगानीकर्ताहरूले अघिल्लो दिनको तीव्र वृद्धिको स्वभाविक ‘करेक्सन’ का रूपमा लिएका छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा