देशभर बदलीको प्रभाव: कोशीसहित पहाडी र हिमाली भेगमा चट्याङ्ग र असिनासहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशभरको मौसममा फेरबदल आएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस मौसमी प्रणालीका कारण हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेश लगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बदली रहनेछ भने तराईका क्षेत्रमा आंशिक बदली हुनेछ। विशेष गरी कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति पनि कोशी प्रदेश लगायत देशका हिमाली भू–भागमा साधारणतया बदली रहनेछ। पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि तराईका भू–भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

प्रि-मनसुनको समय भएकाले वायुमण्डलमा छिटो-छिटो परिवर्तन भई चट्याङ्ग र असिनाको जोखिम रहने हुनाले महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ। हिमाली भेगमा हुने हिमपातका कारण पदयात्रा र जनजीवनमा पर्न सक्ने प्रभावप्रति पनि सचेत रहन भनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा