लकडाउन खुकुलो भएसंगै सुनको मुल्य ह्वात्तै बढ्यो

काठमाडौं,नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।यति लामो लकडाउन पछि खुलेको सुन वजारले अहिले सम्मकै महंगो रेकर्ड बनाएको छ ।बिहीबार सुन तोलाको ८९ हजार ६ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।तेजावी सुनको मूल्य ८९ हजार १६५ रुपैयाँ कायम गरिएको छ।

सरकारले बुधवार राति गरेको लकडाउन खुकुलो बनाउने निर्णयसंगै खुलेको वजारमा सुनले नयाँ रेकर्ड बनाएको हो ।चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको सुनचाँदी ब्यवसायीले जनाएका छन् । बिहीबार चाँदी तोलाको ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

गत वर्ष आजकै दिन सुन तोलाको ६२ हजार ३ सय रुपैयाँमा र चाँदी तोलाको ७१५ रुपैयाँमा कारोबार भएको थियो।नेपाल सुन चाँदी व्यवसायी महासंघले लकडाउन लागू भएदेखि ९चैत ११ गतेदेखि० साढे दुई महिनापछि जेठ २५ गतेबाट सुन९चाँदीको कारोबार पुन सुरु गरेको थियो।

सोही दिन सुन तोलाको ८७ हजार ४ सय र चाँदीको ९२५ रुपैयाँमा कारोबार भएको थियो। लकडाउन खुकुलो बनाउने सरकारी निर्णय संगै वजार भाउ महंगो भएर सुनको मुख्य कायम भएको हो ।

यो समाचार सेयर गर्नुहोस्:

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा