सदनमा परराष्ट्रमन्त्री खनालले भारत भ्रमणबारे जानकारी गराउँदा हर्क साम्पाङको अवरोध

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणबारे सदनलाई जानकारी गराएका छन्। बुधबार बसेको बैठकमा मन्त्री खनालले भ्रमणका उपलब्धिसम्बन्धी वक्तव्य दिइरहँदा संसदमा पुनः नयाँ खालको अवरोध र तनाव सिर्जना भएको छ।

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ (हर्कराज राई) सहितका केही सांसदहरूले आफ्नो आसनबाट उठेर परराष्ट्रमन्त्रीको सम्बोधनप्रति कडा विरोध जनाएका हुन्। साम्पाङसहितका विरोधकर्ता सांसदहरूले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सीमाका विषयमा दिएको विवादित अभिव्यक्तिको प्रष्टीकरण प्रधानमन्त्री स्वयंले दिनुपर्ने अडान राख्दै परराष्ट्रमन्त्रीको सम्बोधनलाई आफूहरूले स्वीकार नगर्ने घोषणा गरे। बैठकको सुरुवातमै सांसद साम्पाङले प्रधानमन्त्रीको गल्ती परराष्ट्रमन्त्रीले सच्याएर नहुने भन्दै बालेन शाह नै रोष्टममा आउनुपर्ने माग गरेका थिए।

यसअघि, नेपाली काङ्ग्रेस लगायतका मुख्य प्रतिपक्षी दलहरू भने सदनको गतिरोध हटाउन सहमत भइसकेका थिए। काङ्ग्रेस सचेतक निश्कल राईका अनुसार लामो समयसम्म सदन अवरुद्ध गर्दा देशमा राम्रो सन्देश नजाने भएकाले परराष्ट्रमन्त्रीलाई बोल्न दिने र प्रधानमन्त्रीको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखसमक्ष सामूहिक आग्रह गर्ने सहमति बनेको थियो। अन्य ठुला दलहरू सम्झौतामा आए पनि साम्पाङको दलले सदनमा गरेको यो ‘डिस्टर्ब’ र आक्रोशपूर्ण विरोधलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा