सुनसरीको देवानगञ्ज घटना: सरकार र पीडित पक्षबीच ७ बुँदे सहमति, मृतकका परिवारलाई राहत र रोजगार दिइने

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ मा भएको दुःखद झडपमा ज्यान गुमाएका दुई युवकका परिवार र नेपाल सरकारबीच ७ बुँदे औपचारिक सहमति कायम भएको छ। गत साउन १० गते भएको उक्त घटनामा ज्यान गुमाएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताका अभिभावक तथा गृह मन्त्रालयबीच वार्ता भई सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सहमति अनुसार सरकारले दुवै मृतकलाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने निर्णय गरेको छ। साथै, पीडित दुवै परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँका दरले आर्थिक राहत उपलब्ध गराइनेछ भने मृतकका परिवारका योग्य एक-एक जना सदस्यलाई रोजगारीको अवसर प्रदान गरिनेछ। घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कडा कानुनी कारबाही गर्ने प्रतिबद्धतासमेत सरकारले जनाएको छ।

यसैगरी, घटनाको अध्ययनका लागि गठित छानबिन समितिको प्रतिवेदनका सुझावहरू यथाशीघ्र कार्यान्वयन गरिने र मृतकहरूको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गरिने सम्झौतामा उल्लेख छ। सहमति भएसँगै स्थिति सामान्य बन्दै गएको छ भने मृतकहरूको अन्तिम संस्कार पनि सम्पन्न गर्ने तयारी गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा