संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अहिलेसम्मकै सानो टोली लिएर अमेरिका जाँदै प्रधानमन्त्री बालेन

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह अहिलेसम्मकै सबैभन्दा सानो सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका जाने भएका छन्।

प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको भ्रमण टोलीमा १० देखि ११ जना मात्र सहभागी हुने गरी आन्तरिक तयारी तीव्र पारिएको छ। यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा ५ सदस्यीय टोली जाने निर्णय भइसकेकोमा रसुवाको भोटेकोशीमा आएको भीषण बाढी र जलवायु संकटको मुद्दालाई विश्व मञ्चमा उठाउन प्रधानमन्त्री स्वयं जान लागेका हुन्।

महासभामा प्रधानमन्त्री बालेनले असोज ८ गते विशेष सम्बोधन गर्ने कार्यतालिका तय भएको छ। सम्बोधनका क्रममा उनले नेपालजस्ता हिमाली मुलुकहरूले जलवायु परिवर्तनका कारण भोग्नुपरेको प्राकृतिक विपद् र क्षतिपूर्तिबारे विश्व समुदायको ध्यानाकर्षण गराउने छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा