पथरीमा शिल्पीको ‘ठूला माछा– साना माछा’ नाटक मञ्चन

?

मंगलबार विहानको समय, पथरीशनिश्चरेको पञ्चायत माविको हातामा निक्कै ठूलो क्राउड, बिच भागमा कलाकारको बोल्ड आवाज । नजिकै पुगेपछि थाहा भयो नाटक ‘ठूला माछा साना माछा’ मञ्चन ।

शिल्पी कला समूहको आयोजनामा नाटक मञ्चन भएको हो । घिमिरे युवराजको परिकल्पना÷निर्देशन रहेको नाटकले नेपाली जनताले भोग्नुपरेको वर्तमान समस्याहरु माथि चोटिलो ब्याङ्ग्य प्रहार गरेको छ ।

सिमेन्ट र बालुवाद्वारा निर्मित भौतिक पूर्वाधार निर्माणलाई मात्र विकास मान्नु, अनावश्यक भ्यूटावनरहरु, गाई र काउलीको मूर्ति निर्माण गरेर यसैलाई विकास मान्नुपर्ने जनताको बाध्यता विरुद्ध नाटकले ब्यङ्ग्य प्रहार गरेको छ ।

 

सानो कागज नपुग्दा कर्मचारीले जनतालाई दुःख दिन अझै नछाडेको, घुस (नाजायज रकम)ैअझै नरोकिएको, निजी अस्पतालहरुको लुटतन्त्र झनै बढेको, पूर्बी नेपालको नगर/गाउँ प्रमुखहरुले कोशी टप्पु, भेडेटार जस्ता स्थानको होटलमा ‘दलाल’हरुसँग बसेर योजना निर्माण गर्ने र उपप्रमुखले त्यसको विरुद्ध गर्दै आएको यथार्थ नाटकले प्रस्तुत गरको छ ।

कार्यक्रम हेर्न पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना बिष्ट, वडा अध्यक्षहर, शिक्षक र विद्यार्थीहरु उपस्थित थिए । नगरको उपप्रमुख यमुना बिष्टले बेलाबेला सार्वजनिक कार्यक्रमहरुमा होटल र रेष्टुरेष्टमा योजना निर्माण हुने गरेको बताउदै आएका थिए । यस्ता योजनाहरुमा आफू सहमत हुन नसक्ने बताउदै आएका थिए । नाटकले ठ्याक्कै सोही भाव बोकेको थियो ।

पवित्रा खड्का, रेनुका कार्की ढोली, सबिन कट्टेल, संगीता उराँव, मानहाङ लावति, असिम खनाल, ज्योति पोख्रेल, पबिन परियार, गोविन्द ओली, ज्याक रावल, हिमाल भूजेल, संजीत थुलुङ राई लगायतका कलाकारहरुको भूमिका रहेको नाटक झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानमा प्रदर्शन हुने शिल्पीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा