नेपाल कै सबैभन्दा सस्तो एड्भेन्चर बाइक

मोटरहेड मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड प्रालिले १५० सीसी अफरोड मोटरसाइकल विक्री गरिरहेको छ । नेपाली बजारमा उपलब्ध अफरोड मोटरसाइकलमा एमएच १५० सबैभन्दा कम मूल्यको मोटरसाइकल हो ।

एमएच १५० सेग्मेन्टमा नै सबैभन्दा कम मूल्य रहेको इन्ट्रिलेवल एड्भेन्चर मोटरसाइकल हो । नेपाली बजारमा यो सेग्मेन्टमा अन्य कम्पनीको इन्ट्रिलेव मोटरसाइकलको मूल्य ४ लाख रुपैयाँदेखि रहेको छ ।

एसएलआर टेक्नोले एमएच १५० को मूल्य २ लाख ८८ हजार रुपैयाँ निर्धारण गरेर विक्री गरिरहेको छ ।

एमएच १५० डबल पर्पस मोटरसाइकलका रुपमा चिनिन्छ । यो मोटरसाइकल अनरोड तथा अफरोड दुबैका लागि उपयुक्त रहेको छ । एड्भेन्चर मोटरसाइकल सेग्मेन्टमा प्रवेश गर्ने योजना बनाएका राइडरहरुका लागि यो मोटरसाइकल उपयुक्त विकल्प हुन सक्छ ।

यस मोटरसाइकलमा १४९ सीसी सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन कार्वुरेटर इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ८००० आरपीएममा १३ बीएच पावर तथा ६५०० आरपीएममा १४ एनएम टर्क जेनेरेट गर्छ ।

यो इन्जिनमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ । यसको टप स्पीड १०० किलोमिटर प्रतिघन्टा रहेको छ ।

यस मोटरसाइकलमा अफरोड तथा अनरोड दुबैमा उपयुक्त हुने टायर दिइएको छ । यसको फ्रन्टमा १९ इन्च र रियरमा १७ इन्च स्पोक ह्वील रहेको छ । ब्रेकिङको कुरागर्दा यसको फ्रन्टमा डिस्क तथा रियरमा ड्रम ब्रेक पाउन सकिन्छ ।

त्यसैगरि यसमा अफरोड सुहाउँदो सस्पेन्सन रहेको छ । यसको फ्रन्टमा इन्भर्रटेड सस्पेन्सन तथा रियरमा आयल डम्प सेन्टर सस्पेन्सन दिइएको छ ।

अन्य थप आवश्यक फिचरमा यूएसबी चार्जर, एलइडी लाइट्स, ७ लिटरको फ्यूल ट्याङ्क यसमा पाउन सकिन्छ । कम्पनीले यसमा २० हजार किलोमिटर वा २ वर्षको इन्जिन वारेन्टी प्रदान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा