कमला अधिकारीको मुना सार्वजनिक

गायिका कमला अधिकारीको स्वरमा समसामयिक सामाजिक यथार्थतामा आधारित नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘मुना’ बोलको यो गीत युट्युव च्यानल जोजस क्रियशन प्रा.लि. बाट शनिबार सार्वजनिक भएको हो । गीतमा कमला अधिकारीकै शब्द तथा लय रहेको छ ।

गणेश अधिकारी, पुष्पा न्यौपाने र अंशु खनालद्वारा अभिनित म्युजिक भिडियोमा स्वामी ध्यान गगनको कथा तथा परिकल्पनालाई विष्णु भट्टराईले निर्देशन गरेका छन् ।

दुर्गम गाउँमा हुर्किएकी चेली, विदेशिन बाध्य उनका पिता र अभावै अभावको एक्लो जीवनमा खेप्नुपरेको उनको आमाको पीडासहितको जीवन वृत्तान्तलाई म्युजिक भिडियो मार्फत रोचक ढङ्गले प्रस्तुत गरिएको छ ।

शिक्षण पेशामा आवद्ध कमला अधिकारी गायन सँगै लेखन कार्यमा पनि सक्रिय छन् । उनको यस गीति कथामा आधारित पुस्तक मुना पनि छिट्टै बजारमा आउँदैछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा