पालमा पछिल्लो २४ घण्टामा ३२३ जना कोरोना भाइरसका संक्रमितहरु थपिए

काठमाडौं,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार गरेको प्रेस ब्रिफिङमा सो अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ३२३ जना कोरोना भाइरसका संक्रमितहरु थपिएका छन्।मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ३२३ जना कोरोना संक्रमित थपिएको बताए।संक्रमितमध्ये २९२ जना पुरुष र ३१ जना महिला रहेको प्रवक्ता गौतमले जानकारी दिए।

कोरानालाई जितेर पछिल्लो २४ घण्टामा ८ महिला ८८ पुरुष गरी ९६ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५८४ पुगेको छ।संक्रमित मध्य प्रदेश २ मा मात्र पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना पुष्टि भएको छ। मंगलबार आएको पीसीआर रिपोर्ट अनुसार पाँच महिला र ४९ जना पुरुष गरी ५४ जनामा कोरोना पुष्टि भएको हो।

धनुषामा २१ जना, महोत्तरीमा १९ जना, सप्तरीमा १३ जना र सर्लाहीमा १ जनामा कोरोना पुष्टि भएको प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए। यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ७७ पुगेको छ भने २६३ संक्रमित उपचार पश्चात निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा