क्वारेन्टिनबाट सरसामान सहित ४० जना फ’रार

जलेश्वर,भारतवाट आएका ४० जना सरसामान सहित क्वारेन्टिनवाट भागेका छन्।सम्सी गाउँपालिकास्थित महोत्तरी जिल्लाका क्वारेन्टिनबाट सरसामान सहित ४० जना फ’रार भएका छन् भारतका विभिन्न शहरबाट आएर १४–१५ दिनदेखि सम्सी– ७ स्थित जनता माविमा सञ्चालित क्वारेन्टिनमा बस्दै आएका थिए। आएका ४५ मध्येका उनीहरु क्वारेन्टिनमा आफूहरुलाई दिइएको सरसामान लिएर भागेको क्वारेन्टिन इञ्चार्ज सुनिलकुमार यादवले बताउनुभयो ।

उनीहरु छिमेकी गैंढा, भेंटपुर, पोखरभिण्डा, संग्रामपुर र सम्सी गाउँका हुन् । उनीहरु क्वारेन्टिनबाट भागेको जानकारी लिखित रुपमै गाउँपालिका, वडा कार्यालय र प्रहरीचौकी दिइसकिएको भए पनि अहिलेसम्म खोज्न कुनै पहल नभएको यादवले बताउनुभयो ।क्वारेन्टिन व्यवस्थापनमा सेना

भद्रपुर ।झापाको चार स्थानीय तहका क्वारेन्टिनको व्यवस्थापनमा नेपाली सेना खटिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार नेपाली सेनाको २१ नम्बर बाहिनी केर्खाको टोलीले चार स्थानका क्वारेन्टिनको सुरक्षा र व्यवस्थापनको नेतृत्व सम्हालेको हो ।सो बाहिनीका बाहिनीपति डा आशबहादुर तामाङका अनुसार मेची बहुमखी क्याम्पस, कलबलगुडी, कचनकवल र मेचीनगरमा सेनाको टुकडी रहेको छ ।

भद्रपुरस्थित कलबलगुढीमा लामो समयदेखि व्यवस्थापन हेरिरहेको नेपाली सेनाले कचनकवल गाउँपालिका र पूर्वी नाका काँकडभिट्टामा केही दिनदेखि व्यवस्थापकीय सेवा प्रदान गर्न थालेको हो ।सरकारले देशभरका २० नाकामध्ये काँकडभिट्टाबाट भारतमा रहेका नेपालीलाई फर्कन खुला गरेपछि त्यसलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले नेपाली सेनालाई परिचालन गरेको हो ।

उहाँले नेपाल प्रहरी, सशस्त्र प्रहरी र जनप्रतिनिधिसँगै मिलेर नेपाली सेनाले कोडिभ–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा काम गरिरहेको बताउनुभयो ।सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी नै रहने तथा काँकडभिट्टा माविस्थित होल्डिङ सेन्टरमा स्वाथ्यकर्मी, जनप्रतिनिधिसहितको टोलीसँगै रहेर स्वास्थ्य जाँच, व्यवस्थापनमा सेनाको टोलीले सहयोग गरिरहेको उहाँले बताउनुभयो ।

सीमा क्षेत्रबाट भित्रिने सबै नेपालीलाई होल्डिङ सेन्टरमा ल्याएर ज्वरो नाप्ने र आरटिडी गर्ने काम भइरहेको छ । नेपाली सेनाले स्वास्थ्य परीक्षण र अभिलेखको काम गरिरहेको छ । बाहिनीपति डा तामाङले काँकडभिट्टा र कचनकवलस्थित सेना टुकडीको अनुगमन तथा अवलोकन गर्नुभएको छ । सो अवसरमा उहाँले क्वारेन्टिनलाई मापदण्डअनुरुप बनाउन तथा त्यसको व्यवस्थापन गर्न र सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा