न्याम्सद्वारा रिक्त पदाधिकारी पदपूर्तिका लागि दरखास्त आह्वान

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले रिक्त रहेका पदाधिकारी पदपूर्तिका लागि योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको छ।

बुधबार एक सूचना जारी गर्दै न्याम्सले शिक्षाध्यक्ष, रजिस्ट्रार र डीनका लागि दरखास्त आह्वान गरेको हो। प्रतिष्ठानको कार्यकारी परिषद्को १७० औँ र १७१ औँ बैठक तथा नाम छनोट तथा सिफारिस समितिको निर्णयानुसार यो प्रक्रिया अघि बढाइएको हो।

जारी एकीकृत कार्यविधि, २०८३ अनुसार योग्य उम्मेदवारहरूले सात दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने व्यवस्था मिलाइएको प्रतिष्ठानले जनाएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा