केपी ओलीको पार्टी सडक छाप ,धुलो छाप पार्टीको कुनै अर्थ छैन – नेपाल

काठमाडौं– काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीले नेतृत्व गरेको पार्टीलाई धुलोछापको संज्ञा दिएका छन् ।  सोमबार प्रदेश २ का आफूपक्षीय नेता कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली गुटको केन्द्रीय समितिको संख्या १५ सय पुर्याइएको आफूले सुनेको भन्दै ओलीले त्यसलाई ५ हजार बनाउन पनि सक्ने बताए ।

‘५ हजारले पुगेन भने १० हजार पनि बनाउँछन् । त्यसैले त्यो धुलोछाप पार्टी हो । केपी ओलीको धुलोछाप पार्टीमा कोही नजानुुस्’ नेता नेपालको भनाइ छ ।  अध्यक्ष नेपालले आफू केही दिनअघि बर्दियामा पुग्दा ओलीको पक्षमा लागेर केन्द्रीय सदस्य भएका एकजनाले केन्द्रीय सदस्यको प्रमाणपत्र च्यातेर आफूहरुले नेतृत्व गरेको पार्टीमा आएको बताए । ‘म अहिले सुन्दैछु, जिल्ला जिल्लामा गएर को आउँछ आउनुस् भनेर डम्फु बजाउँदैछन् । यस्तो भुलभुलैमा नपर्नुहोला,’ नेपालको आग्रह छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘०७५ जेठ २३ मा प्राप्त विवरणबाहेक अन्य कुरा मान्य छैन भनेको छ निर्वाचन आयोगले। अब सबै कुरा क्लियर भयो। सडक छाप, धुलो छाप पार्टीको कुनै अर्थ छैन।’

नेता नेपालले निर्वाचन आयोगको हिजो आइतबारको निर्णयअनुसार आफूहरुले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको दाबी गरेका छन्। नेकपामा ४४१ सदस्यीय केन्द्रीय कमिटी रहेकोमा त्यसमध्ये ३ सयभन्दा बढी आफूहरुसँग रहेको दाबी गर्दै उनले स्थायी कमिटीमा पनि ४५ मध्ये २८ जना आफ्नो पक्षमा रहेको बताए। ‘केपीको सानो झुण्डसँग थोरै मान्छे छन्। ३ सयभन्दा बढी हामीसँग छन्, केपीसँग सयजनाको सेरोफेरोमा छन्। कहाँ ३ सय कहाँ १ सय !’ नेपालले भने।

ओलीसँग एक चौथाइ र आफूहरुसँग ७० प्रतिशत केन्द्रीय सदस्य रहेको दाबी नेपालले गरे। ‘४४१ र ४५ लाई आधार मानेको छ आयोगले। त्यस आधारमा बहुमत हामीसँगै छ। हामी नै आधिकारिक हौं। सूर्य चिह्न पनि हाम्रै हो,’ नेपालले भने।

आयोगले पुरानै विवरणलाई आधार मानेपछि आफू पार्टी अध्यक्ष भने नरहेको नेपालले स्वीकारे। ‘म नभए पनि प्रचण्डलाई अध्यक्ष मानेको छ। ओलीलाई त केन्द्रीय कमिटीले हटाइसकेको छ, अब प्रचण्डमात्रै अध्यक्ष हुनुहुन्छ। दुईजना अध्यक्ष हुने एपछि अर्को मै हुने हुँ। केपी ओली बालुवाटार छोडेर बालकोट गएर आराम गरेर बस्नुस्,’ नेपालले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा